मोटरसाइकल अनियन्त्रित भई ट्रकमा ठोक्किँदा एकको मृत्यु

समाचार

रुपन्देही, २१ भाद्र । तिलोत्तमा नगरपालिका–१५ स्थित सडकमा लु.४४ प ९८१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई ना.६ ख २७०५ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक  पाल्पा तानसेन नगरपालिका–३ बौ– गुम्बा बस्ने २० वर्षीय  नबिन रानाको मृत्यु भएको छ । 

आइतबार बिहान दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । 

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार पाल्पा पुर्ब खोला गाउँपालिका–६ बस्ने २० वर्षीय दिल बहादुर आलेको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ