जितेन्द्र सोनल पनि लोसपामा

समाचार

जनकपुरधाम, २१ भाद्र । प्रदेश २ का पूर्वमन्त्री एवं सांसद जितेन्द्र सोनलले पनि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन् ।

तत्कालीन राजपाबाट निर्वाचित सांसद सोनल जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेर लोसपाको पक्षमा सनाखत गरेका हुन् ।

महन्थ ठाकुर पक्षको रहेको भन्दै मुख्यमन्त्री लालबाबु राउतले सोनललाई भौतिक पूर्वाधार विकास मन्त्रीबाट बर्खास्त गरेका थिए ।

उनको सनाखतसँगै लोसपाको पक्षका प्रदेशसभा सांसद संख्या १६ पुगेको छ । अब जसपामा २८ सांसद बांकी छन् ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ