सर्लाही, २२ भाद्र । नेपाल भारत महिला मैत्री समाजले सर्लाहीको २० वटै पालिकामा विपद् पीडितहरुका लागि राहत सामग्रीहरु हस्तान्तरण गरेको छ ।
सोमबार सर्लाही सदरमुकाम मलंगवामा एक कार्यक्रमका बीच समाजले २० वटै पालिका प्रमुखलाई राहत हस्तान्तरण गरिएको हो ।
भारत सरकारको सहयोगमा नेपाल भारत महिला मैत्री समाजले सर्लाहीको २० वटै पालिकालाई ठुलो साइजका टेन्टहरुका साथै राहत रामग्री वितरण गरिएको संस्थाका अध्यक्ष चन्दा चौधरीले बताइन् ।
सो अवसरमा जिल्लाका करिब १२० बाढीपहिरो तथा आगलगी लगायत विपद्बाट पिडितहरुलाई राहत वितरण गरिएको थियो । प्रत्येक व्यक्तिलाई एक थान त्रिपाल र एक थान चटाई (पटिया) वितरण गरिएको नेपाल भारत महिला मैत्री समाज संस्थाले जनाएको छ ।
जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरिएको कार्यक्रममा पालिका प्रमुखहरुलाई राहत सामाग्री हस्तातरण गरिएको छ । हस्तातरण गरिएको राहत सामाग्रीमा ठूलो टेण्ट, त्रिपाल र चटाई (पटिया) लगायत रहेको छ ।
त्यस्तै विपद् व्यवस्थापन समितिका अध्यक्षलाई प्रमुख जिल्ला अधिकारी रामकुमार महतोलाई ३० थान ठूलो टेण्ट हस्तातरण गरिएको छ ।
सो अवसरमा बोल्दै संस्थाकी अध्यक्ष चन्दा चौधरीले भारत सरकारले नेपाली जनतालाई आपतविपद्मा सहयोग गर्न तयार रहेको बताउँदै सर्लाही जिल्लाको लागि आफु जहिले पनि व्यक्तिगत र संस्थागत रुपमा सकेको सहयोग गर्न तयार रहेको बताइन् ।
राहत उपलब्ध गराएकोमा भारत सरकार र नेपाल सरकारलाई समेत उनले धन्यवाद दिइन ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले सर्लाही जिल्लाका विपद् पिडितहरुलाई सहयोग गरेकोमा संस्थाका अध्यक्ष चन्दा चौधरी र भारत सरकारलाई सहयोगको लागि आभार तथा धन्यावाद ज्ञापन गरेका थिए ।
राहत वितरण कार्यत्र mममा नेपाल भारत महिला मैत्री समाजकी अध्यक्ष एवम् संघिय सासद चन्दा चौधरी, जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख मेथुर चौधरी, सर्लाहीका पालिका प्रमुख तथा प्रतिनिधि तथा जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरुको सहभागीता रहेको थियो ।
तपाईको प्रतिक्रिया