कपिलवस्तु अस्पतालमा अक्सिजन ग्यास उत्पादन सूरु  

समाचार

कपिलवस्तु, २३ भाद्र । कोरोनाको कहरमा अक्सिजनको हाहाकार भई उपचारमा समस्या भएपछि अहिले देशका विभिन्न स्थानमा अक्सिजन प्लान्टमार्फत अक्सिजन उत्पादन कार्यको सूरुवात भएको छ ।

कपिवस्तु जिल्लाको सदरमुकाम तौलिहवास्थित कपिलवस्तु अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टबाट अक्सिन उत्पादन कार्यको सूरुवात गरिएको हो ।

एक महिनाअघि नै प्लान्ट जाडान गरिएकोमा पाँच दिनदेखि परीक्षण उत्पादन सूरु भएको छ । २ हप्ताअघि नै नमुनाको रुपमा ग्यास उत्पादन कार्य सूरु भएको स्पतालका मेडिकल सुपरिटेण्डन्ट डा. किशोर बन्जाडेले बताए ।

केही समस्या आएकाले केही दिन रोकेर पाँच दिनअघिदेखि फेरि परीक्षणका रुपमा उत्पादन सुरु गरिएको उनले बताए ।

‘प्लान्टबाट नमुनाका रुपमा ग्यास उत्पादन सूरु भएको छ । क्षमताभन्दा केही विस्तारै उत्पादन भइरहेको छ’ उनले भने । 

केही दिनमै प्लान्टबाट पुरा क्षमतामा ग्यास उत्पादन हुने उनले बताए ।  ग्यास जडानको लागि फेयर ट्रेड प्रालिले प्रतिस्पर्धा माफर्त १ करोड २८ लाखमा प्लान्ट निर्माणको काम पाएको थियो ।

गत असार ८ गते कामको संर्झौता भई असार मसान्त सम्म काम सकाउने समयसिमा दिइएकोमा केही प्राबिधिक कारणले समयमा हुन नसकेको मेसु बन्जडाले बताए । ठेकेदार कम्पनीले सो मेशीन जडान जिसि जिसि रिसर्च एन्ड डेभ्लप्ममेन्टलाईे जिम्मा दिएको थियो ।

कम्पनीका ईन्जीनयिर देबेन्द्र श्रेष्ठले प्लान्ट पुर्ण क्षमतामा चले प्रति मिनेट ४ सय १६ लिटर अक्सिन उत्पादन हुने बताए । चाईनाबाट ल्याइएको सो प्लान्टमा ट्रान्सफर्मर, कम्पे्रशर, फिलिङ ड्रायर, एडप्सन ड्रायर, फिल्टर, सेप्रेशन सिस्टम, गेस बफर टेङक स्टेरिलाईजीङ फिल्टर रहेको श्रेष्ठले बताए ।

तेश्रो लहरमा भने जिल्लामा अब अक्सिनको अभाव नहुने बन्जाडले दाबी गरे । प्लान्टको लागि संघीय सरकारले कपिलवस्तु अस्पताललाई डेढ करोड रकम छुट्टाएको थियो । बिद्युतको बिल लगायतकाका अन्य खर्च ब्यपस्थापनमा भने चुनौती रहेको मेसु बन्जाडोले बताए ।

कोरोनाको दोश्रो भेरियन्टमा छिमेकी जिल्ला लगायत अन्य ठाउंवाट अक्सिजन आयात गर्नुपर्ने वाध्यता थियो । अब मेसिनले नियमित काम गरेमा जिल्लाका विरामी तथा जनताको उपचारमा समस्या नहुने  समेत अस्पतालले जनाएको छ ।  

अक्सिजन राख्नको लागि खली सिलिण्डर अझै कमी भएकोले विभिन्न निकाय संग सहकार्य गरि धेरै मात्रामा अक्सिजन स्टोरेज गरेर राख्ने काममा अस्पताल लागेको व्यवस्थापक रत्नाकर शुक्लाले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ