बाँके, २३ भाद्र । नेपालगंज उपमहानगरपालिका–१५ जमुनाह चेक प्वाइन्टबाट करिब ४ ग्राम ५ मिलिग्राम अवैध लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।
ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित कोहलपुर नगरपालिका–१५ चन्नहवा बस्ने २८ वर्षीय रामदेव थारुलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया