मोरङ, २३ भाद्र । बेलबारी नगरपालिका–१ बस्ने ३५ वर्षीय सन्तोस राई र सोही ठाउँ बस्ने ३० वर्षीय ज्ञानु राज राईलाई करिब १९ केजी ६ सय ५० ग्राम अवैध लागूऔषध गाँजासहित प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार बिहान उनीहरूले अवैध लागूऔषध गाँजा बिक्री गर्ने गरेको भन्ने सूचानाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले निजहरुको घर, कोठा खानतलासी गर्दा सन्तोषको कोठाबाट ४ केजी ६ सय ५० ग्राम र ज्ञानुको घर कोठाबाट १५ केजी गरी उक्त परिमाणको अवैध लागूऔषध गाँजा फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
थप अनुसन्धानको क्रममा उक्त गाँजा धनकुटा शहीद भूमि गाउँपालिका–३ बस्ने २८ वर्षीय महेश्वर राईबाट किनेको भनि खुल्न आएपछि प्रहरीले महेश्वरलाई समेत नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया