चोरी मुद्दाका फरार प्रतिवादीहरु पक्राउ 

समाचार

कैलाली, २३ भाद्र । चोरी मुद्दाका फरार प्रतिवादी गोदावरी नगरपालिका–५ बस्ने २३ वर्षीय जिवन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत कैलालीको २०७६ कात्तिक १८ गतेको फैसलाले चोरी मुद्दामा २ वर्ष ११ महिना ९ दिन कैद र ३० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले सोही नगरपालिका–५ बाट पक्राउ गरेको हो । 

यसैगरी कैलाली, चोरी मुद्दाका फरार प्रतिवादी भजनी नगरपालिका–१ बस्ने ४३ वर्षीय हरिओम चौधरीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत कञ्चनपुरको २०६३ फागुन ३ गतेको फैसलाले उक्त मुद्दामा १ महिना कैद र १ लाख ६० हजार रुपैयाँ जरिवाना ठहर भई १५ वर्षदेखि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले सोही नगरपालिका–१ बाट पक्राउ गरेको हो । 

उनीहरुलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत कैलाली पेश गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ