रुपन्देही, २३ भाद्र । सियारी गाउँपालिका–१ पौवागाउँमा रहेको बुस्टर दाना कम्पनीको लागि स्वयाबिन लोड गरी जाँदै गरेको ना.८ ख १५५५ नम्बरको ट्रकमा करेन्ट लागेर सोही ट्रकका सहचालक धादिङ नौबिसे गाउँपालिका–२ खानिखोला बस्ने ३० वर्षीय रिजन मगरातीको मृत्यु भएको छ ।
मंगलबार दिउँसोसडकमा झुण्डिएका विद्युतका तारहरु बासको डण्डाले उठाउँदै आगाडि बढ्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको सीटी हस्पिटल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया