जनकपुरधाम, २४ भाद्र । प्रदेश २ सरकारले आर्थिक अनुशासन तथा सुशासन बहाल गर्न प्रदेश जनलोकपाल आयोग गठन गरेको छ ।
प्रदेश २ मा बढ्दो अनियमितताको तथ्यांकले आलोचित प्रदेश सरकारले आलोचना मत्थर पार्न जनलोकपाल आयोग गठन गरेको हो ।
अध्यक्षसहित तीन सदस्यीय रहेको उक्त आयोगमा नवनियुक्त राम सहाय यादवको अध्यक्षतामा गठित जनलोकपाल आयोगको सदस्यहरू शोभा महतो र राजकिशोर साहलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनीयताको सपथ गराए ।
आयोगका नवनियुक्त पदाधिकारीहरुले ग्रामीण प्रशिक्षण केन्द्र मुजेलियास्थित आयोगको कार्यालयमा पदभार ग्रहण गरेका छन् ।
तपाईको प्रतिक्रिया