प्रदेश २ मा ८ सय ६६ जना जनप्रतिनिधि लोसपामा 

समाचार

जनकपुरधाम, २४ भाद्र । प्रदेश २ मा ८ सय ६६ जना स्थानीय तहका जनप्रतिनिधिले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा सनाखत गरेका छन् ।

प्रदेशका आठवटै जिल्लाका निर्वाचन कार्यालय पुगेर उनीहरुले जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी लोसपा रोजेका हुन् ।

महोत्तरीमा सबैभन्दा धेरै २५८ स्थानीय जनप्रतिनिधिले लोसपामा सनाखत गरेका हुन् । सर्लाहीमा १ सय ३७, रौतहटमा ८८, बारामा १ सय ३८ पर्सामा २८, सप्तरीमा ९६, सिरहामा १२ र धनुषामा १०९ जना जनप्रतिनिधिले लोसपामा सनाखत गरेका हुन् ।

प्रतिनिधिसभाका १५, प्रदेश २ को प्रदेशसभाका १६, जसापा कार्याकारिणीका १७ सदस्यले लोसपामा सनाखत गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ