फोहोर नउठ्दा समस्या

समाचार

वीरगञ्ज, २४ भाद्र । वीरगञ्ज–पथलैया व्यापारिक मार्गमा पर्ने बाराको जितपुर बजारमा रहेको फोहोर महिनौँदेखि नउठ्दा जितपुरवासी मारमा पर्दै आएका छन् ।

व्यापारिक मार्गमा पर्ने जितपुर–सिमरा उपमहानगरपालिकाको जितपुर बजारमा रहेको फोहोर तथा निर्माणाधीन अवस्थामा रहेको व्यापारिक मार्गमा उडेको धुलोले स्थानीय मारमा परेका हुन् ।

निर्माणाधीन वीरगञ्ज–पथलैया व्यापारिक मार्गमा उडेको धुलोले जितपुर बजारमा रहेको रेडिमेड कपडाका पसलेलाई व्यापार गर्न तथा ग्राहकलाई पनि किनमेल गर्न समस्या भएको छ ।

दिनभरि धुलो उड्नु तथा बजारमा रहेको फोहोरसमेत नगरपालिकाले महिनौँदेखि नउठाउनुले रेडिमेड कपडा व्यापारी मर्कामा परेको जितपुर बजारमा रहेको गिरी मार्केटका सञ्चालक प्रकाश गिरीले जानकारी दिए ।

निर्माणाधीन व्यापारिक मार्गबाट उडेको धुलो सिधै पसलमा पस्नुले पसलमा व्यापारीका साथै ग्राहकलाई समेत समस्या पार्दै आएको जितपुर रेडिमेड व्यवसायी संघका अध्यक्षसमेत रहेका उनले गुनासो गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ