काठमाडौं, २४ भाद्र । नेपाल नागरिक उड्डयन प्राधिकरणले सेप्टेम्बर महिनाका लागि अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक गरेको छ ।
नयाँ तालिका अनुसार अब काठमाडौंबाट भारतको राजधानी नयाँ दिल्लीका लागि सातामा १० उडान हुने भएको छ ।
यसमध्ये नेपाल एयरलाइन्सले दैनिक एक उडान गर्नेछ । भारतीय ध्वजाबाहक एयर इण्डियाले भने यस रुटमा साताको तीन (आइतबार, मंगलबार र शुक्रबार) उडान गर्ने गरी अनुमति पाएको छ ।
तपाईको प्रतिक्रिया