कपिलवस्तुमा मनाइयो १०८औं बिपि जयन्ती    

समाचार

कपिलवस्तु, २४ भाद्र । १०८औं वि पि जयन्ती कपिलवस्तुमा पनि विविध कार्यक्रम गरि मनाइएको छ ।

नेपाली काग्रंस कपिलवस्तु द्धारा आयोजित विचार गोष्ठीमा जननायक तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपि कोईरालको १०८ औ जयन्तीका अवसरमा कांग्रेसलाई स्थानीय तह देखी नै मजवुद्ध पार्न पर्ने धारण आएको छ ।

तौलिहवास्थित पार्टी कार्यालयमा आयोजित अन्तरक्रियाका बक्ताहरुले नेता कार्यकर्ताहरुले आफनो ब्यक्तिगत स्वार्थलाई त्यागेर पार्टीलाई बलियो बनाउनु पर्नेमा जोड दिए ।

सो अवसरमा काग्रेस  नेता तथा पुर्वमन्त्री  दीप कुमार उपाध्यायले कांग्रेस ब्यक्तिगत र गुटगत स्वार्थमा लाग्दा कमजोर भएको बताए ।

उनले संगठन बिधि बिधान अनुसार चल्नु पर्ने र त्यागको भावना समते राख्नु पर्ने बताए । आसन्न पार्टीको १४ औ  अधिबेशनलाई एकतका अधिबेशन बनाउनु पर्ने उनले बताए ।

अहिले पार्टीका अधिबेशनमा बिवाद गरिए  त्यसले आउने स्थानीय तहको निर्वाचनमा ठुलो असर गर्ने बताए । सो अवसरमा पार्टीको आमन्त्रित केन्द्रिय सदस्य राजेश सिंहले बिपिको बिचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ