पाँच किलो गाँजासहित युवक पक्राउ

समाचार

मोरङ, २५ भाद्र । विराटनगर महानगरपालिका–४ कन्चनवारीबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक युवक पक्राउ परेका छन् ।

धनकुटा सहिद भूमि गाउँपालिका–७ बस्ने २४ वर्षीय सागर राईलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । 

सोही ठाउँस्थित सडकमा सीआरभी पोष्ट भट्टा चौकबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ