पर्सा, २५ भाद्र । सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादी पर्सागढी नगरपालिका–५ बस्ने ४८ वर्षीय मदन मिश्रलाई प्रहरीले पक्राउ गरेको छ ।
पर्सा जिल्ला अदालतको २०७५ भदौ १५ गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष कैद र १ करोड २५ लाख रूपैयाँ जरिवाना भई फरार रहेका मिश्रलाई बिहीबार साँझ ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरीले पर्सागढी नगरपालिका–२ बागवानाबाट फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका मिश्रलाई पर्सा जिल्ला अदालतमा बुझाइने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
तपाईको प्रतिक्रिया