रुपन्देही, २५ भाद्र । मर्चवारी गाउँपालिका–३ कमरहवास्थित खेतमा घाँस काट्न गएको अवस्थामा चट्याङ लागेर एक किशोरको मृत्यु भएको छ ।
सोही ठाउँ बस्ने १५ वर्षीय श्याम सुन्दर यादवको बिहीबार साँझ घटनास्थलमै मृत्यु भएको छ ।
चट्याङ लागेर घाइते भएका सोही ठाउँ बस्ने १२ वर्षीय संतोष यादवलाई उपचारको लागि भैरहवातर्फ पठाइएको छ ।
तपाईको प्रतिक्रिया