प्रहरी हुँ भनि सर्वसाधरणलाई धम्काउने १ जना पक्राउ

समाचार

बाँके, २६ भाद्र । प्रहरी हुँ भनि सर्वसाधरणलाई धम्काएको अभियोगमा कालिकोट खाडाचक्र नगरपालिका–६ बस्ने १९ वर्षीय लक्ष्मण शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपालगंज उपमहानगरपालिका–२ बागेश्वरी मन्दिर परिसर नजिकको पार्कमा आफूलाई प्रहरी हुँ भनि सर्वसाधरण नागरिकलाई धम्काई जाँच तथा सोधपुछ गर्ने शाहीलाई वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनी उपर थप आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ