नेशनल इन्जिनियर्स एशिोसिएशन नेपालको चुनावी छलफल कार्यक्रम सम्पन्न

समाचार

जनकपुरधाम, २६ भाद्र । नेशनल इन्जिनियर्स एशोसिएशन नेपालको चुनावी छलफल कार्यक्रम सम्पन्न भएको छ । 

राजनीतिबाट विलकुलै अलग पुरा स्वतन्त्र रुपमा रहेका र इन्जिनियरहरुको हकअधिकार स्थापित गराउने उदेश्यका साथ स्थापनाभएका नेशनल इन्जिनियर्स एशोसिएशन नेपालले वास्तवमा केही गरेर देखाउने आट राखेको देख्दा आफु गौरवान्वित भएको कार्यक्रमका प्रमुख अतिथि लोकसेवा आयोग प्रदेश न. २ का अध्यक्ष सुरेन्द्र यादवले बताए ।

प्रमुख अतिथि यादवले दलिय गुलामीबाट माथि उठेर असल नेतृत्व ल्याउन आग्रह गरे । देशलाई भौतिक रुपमा सजावलगर्न कुशल र योग्य इन्जिनियरहरुको आवश्यकता रहेको बताउदै आफूले लोकसेवामार्फत बेरोजगार रहेका इन्जिनियरहरुका लागि पनि केही सोच्दै छु भने ।

कार्यक्रममा प्रदेश न. २ का इन्र्चाज तथा नेशनल इन्जिनियर्स एशोसिएशन नेपाल प्रदेश न. २ का अध्यक्षका उम्मेदवार समेत रहेका इन्जिनियर गौरी पण्डितले अहिले हाम्रा मतदाताहरुलाई विभिन्न प्रकारका प्रलोभन र धाकघम्की समेत आउने गरेको अवस्था रहेको बताउदै यस्ता वाहियात धाकघम्कीबाट नडराउन सबैसँग आग्रह गरे ।

उनले विभिन्न राजनीतिक दलसँग आवद्ध उम्मेदवारहरुलाई कहिले जागिरको लोभ त कहिले आफुलाई जसरी भएपनि सहयोग गर्न चेतावनी आउन थालेकोले सवै एकजुट भई अगाडी बढन सवैसंग आग्रह गरे ।

उनले अगाडि थप्दै भने यो संगठन विशुद्ध स्वतन्त्र संगठन हो, कुनै राजनीतिक पार्टीसँग कुनै सरोकार राखेको छैन ।  आफ्नो पेशाका साथीहरुसंग प्रतिवद्धता जाहिर गनुहुदै हामी एक छौ र कुनै पनिहालतमा एक भएर अगाडी बढने बताए ।

कार्यक्रममा एशोसिएशनका केन्द्रीय महासचिव तपेश्वर यादव, विशिष्ट अतिथि राम सोगारथ यादवलगायतका व्यक्तिहरुको उपस्थिित रहेको थियो भने कार्यक्रम जिल्ला अध्यक्ष दिपक यादवको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ