काठमाडौं, २६ भाद्र । सञ्चारकर्मी तथा मानवशास्त्रका अध्येता भोला बनियाद्वारा लिखित पुस्तक ‘मानवशास्त्रीय ज्ञान’ विमोचन भएको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यालयमा शनिबार मधेशी पत्रकार समाजद्वारा आयोजित एक कार्यक्रमका बीच अध्यक्ष महन्थ ठाकुरले सो पुस्तकको विमोचन गरेका हुन् ।
मधेशमा विद्यमान मानवशास्त्रीय ज्ञान र त्यसको अवस्थाबारे खोज अनुसन्धान पुस्तकमा समावेश गरिएको छ । मधेशको उत्पती, ईतिहास, आर्थिक, राजनितिक लगायतका विषयवस्तु पुस्तकमा समावेश गरिएको लेखक बनियाले बताए ।
विगतका दिनमा मधेशबारे विभिन्न भ्रम फैलाइएको र मधेशको इतिहाससँग केरकार गरिएकोले सो बारे बुझ्न पुस्तक प्रभावकरी हुने लेखक बनियाले जनाए ।
मधेशी पत्रकार समाजका अध्यक्ष मोहन शिंहको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा लोसपा नेताहरु लक्षमनलाल कर्ण, अनिल झा, चन्दा चौधरी, एकवाल मियां, केशव झा, सुरेन्द्र झा, संजय यादव लगायत नेताहरु सहभागी थिए ।
सर्फुल्ला अंसारीले स्वागत गरेको कार्यक्रमको संचालन स्वेता सिन्हाले गरेका थिए ।
तपाईको प्रतिक्रिया