प्रदेश सरकारले ‘नो मास्क नो सर्भिस’ अभियान चलाउने 

समाचार

जनकपुरधाम, २७ भाद्र । प्रदेश नं. २ सरकारले कोरोना माहामारी बिरुद्धको सचेतना अभियानअन्तर्गत नो मास्क नो सर्भिस अभियान सञ्चालनमा ल्याउने भएको छ ।

मुख्यमन्त्री निवास मधेश भवनमा सम्पन्न प्रादेशिक कोभिड सङ्कट ब्यबस्थापन केन्द्रको बैठकले उक्त निर्णय गरेको हो ।

कोभिड १९ को सङ्क्रमितहरुको सङ्ख्यामा कमि आए लगतै सर्बसाधारणले मास्कको प्रयोगमा हेलचक्र्याई गर्न थाले पछि प्रदेश सरकारले सरकारी कार्यालय हरुमा उक्त अभियान चलाउने निर्णय गरेको छ ।

सरकार मास्क प्रयोगमा सर्बसाधारणलाई सचेत गराउन सञ्चारमाध्यम हरु मार्फत बिग्यापान प्रशारण प्रकाशन गराउने निर्णय समेत गरेको छ ।

मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा आन्तरिक मामिला तथा सञ्चारमन्त्री, समाजिक बिकास मन्त्री, प्रमुख सचिब लगायतका सचिबहरुसहित सरोकारबालाहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ