भन्सार छलि ल्याउँदै गरेको विभिन्न सामान बरामद    

समाचार

बाँके, २७ भाद्र । नेपालगंज उपमहानगरपालिका–१० ट्राफिक चोकबाट अवैध रुपमा भारतबाट भन्सार छलि ल्याउँदै गरेको करिब २ लाख २० हजार रुपैयाँ मूल्य बराबरको विभिन्न कपडा, सुपारी र किरानाको सामान प्रहरीले बरामद गरेको छ । 

शनिबार राति भारतबाट अवैध रुपमा भन्सार छलि ल्याउँदै गरेको उक्त सामान छोडेर अपरिचित व्यक्तिहरू फरार भएपछि जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उक्त सामानहरू बरामद गरेको हो । 

फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ