अवैध रुपमा लुकाई राखेको काठ बरामद   

समाचार

कपिलवस्तु, २७ भाद्र । विजयनगर गाउँपालिका–७ गेढुवाजोतस्थित पोखरीमा अवैध रुपमा लुकाई राखेको करिब ५ लाख २५ हजार रुपैयाँ मूल्य बराबरको १५० क्युफिटको २४ थान शिशौ जातको गोलिया काठ प्रहरीले बरामद गरेको छ । 

उक्त पोखरीमा काठ लुकाई राखेको छ भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गणेशपुर र प्रहरी चौकी ठाकुरापुरबाट खटिएको प्रहरीले उक्त काठ फेला पारी बरामद गरेको हो 

बरामद काठ सव डिभिजन वन कार्यालय ठाकुरापुर कपिलवस्तुमा बुझाईएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ