महन्थ ठाकुरले फातिमा सुमारलाई भने, ‘एमसीसीबारे सत्तारुढ दलभित्रै विवाद छ, हाम्रो के कुरा’

समाचार

काठमाडौं, २७ भाद्र । नेपाल भ्रमणमा रहेको एमसीसी टोलीले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का शीर्ष नेताहरूसँग भेटवार्ता गरेको छ ।

एसीसीकी उपाध्यक्ष फतिमा सुमारसहितको टोलीले लोसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग नक्सालस्थित होटल मेरियटमा भेटवार्ता गरेकी हुन् ।

चार दिनअघि नेपाल आएका एमसीसी टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्षहरु उपेन्द्र यादव र बाबुराम भट्टराईसहितका नेताहरूसँग भेट गरिसकेको छ ।

उपाध्यक्ष फातिमासँगको भेटमा अध्यक्ष ठाकुरले सत्तारुढ दलभित्रै एमसीसीबारे विवाद भएको बताए । ठाकुरले एमसीसीबारे सत्तारुढ दलभित्र विवाद भएकाले पारित गर्ने÷नगर्ने सरकारकै हातमा रहेको सुमारको टोलीलाई बताए ।

भेटमा ठाकुरले एमसीसीको टोलीलाई आफ्नो पार्टी एमसीसीको विषयमा सकरात्मक भएको बताउँदै राजनीतिक दलहरुबीचमा भने विवाद रहेको उल्लेख गरे । उनले सत्तारुढ दलहरु एमसीसीको विषयमा समझदारी बनाए आफनो पार्टीले सहयोग गर्ने पनि स्पष्ट पारे

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ