पर्सा, २८ भाद्र । वीरगंज महानगरपालिका–२ बस्ने ४३ वर्षीय महमद आसिफ अंसारीलाई स्रोत नखुलेको रकमसहित प्रहरीले पक्राउ गरेको छ ।
उनलाई नगद ५ लाख रुपैयाँसहित सोही महानगरपालिका–१७ शंकराचार्य गेटबाट आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
भारतबाट वीरगंजतर्फ आउँदै गरेको ना.२५ प ८७६२ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अंसारीले हेल्मेटभित्र ल्याएको उक्त रकम सहित फेला पारी मोटरसाइकलमा सवार उनलाई पक्राउ गरेको हो ।
उनी उपर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्धको कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
तपाईको प्रतिक्रिया