रौतहट, २८ भाद्र । यमुनामाई गाउँपालिका–४ सरुअठा बस्ने बिन्दा साहकी छोरी १२ वर्षीया विनिता साहको सोही ठाउँस्थित झाँझ खोलामा डुबेर मृत्यु भएको छ ।
आइतबार दिउँसो साथीहरुसँग उक्त खोलामा नुहाउने क्रममा विनिता शाह डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकि बडहर्वाबाट खटिएको प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा खोजी गर्ने क्रममा घटनास्थलदेखि करिब १ सय मिटर टाढा उनको शव फेला पारेको हो ।
तपाईको प्रतिक्रिया