नक्कली नोटका गिरोह ९३ लाख रुपैयाँसहित बरामद

समाचार

वीरगन्ज, २८ भाद्र । बारा र रौतहटबाट नक्कली नेपाली नोटको कारोबार गर्ने गिरोहलाई  प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले नेपाली नक्कली नोटको कारोबार गर्ने ५ जनालाई पक्राउ गरेको हो ।

नेपाली नक्कली नोट कारोवार हुँदै गरेको थाहापाएपछि प्रहरीको स्पेसल टास्क फोर्स शनिबार निजगढ पुगेको थियो ।

प्रहरीले उनीहरुलाई बाराको निजगढ र रौतहटको चन्द्रनिगाहपुरबाट नक्कली नोट सहित पक्राउ गरेको हो । प्रहरीले शनिबार निजगढको होटल तारा इनबाट ४ र रौतहटको चन्द्रनिगाहपुरबाट १ जना गरी ५ जनालाई पक्राउ गरेको हो ।

उनीहरु निजगढको तारा इन होटलमा दुई दिन पहिलेदेखि नै बसेका थिए । उनीहरुको सूचनाका आधारमा प्रहरीले रौतहटको चन्द्रनिगाहपुरबाट थप १ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट नेपाली एक हजार दरको नक्कली र सक्कली नोट मिसाएर राखिएको ९३ लाख रुपैयाँ बरामद गरेको छ । पक्राउ परेका व्यक्तिहरुले प्रयोग गर्ने बा १४ च ९३८२ नम्बरको स्कार्पियो गाडी पनि प्रहरीले नियन्त्रण लिएको छ ।

पक्राउ परेका पाँचै जनालाई शनिबार राति होटल तारा इनमै राखेर आइतबार बाराको कलैयास्थित जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ । पक्राउ परेका व्याक्तिहरुको परिचय भने प्रहरीले गोप्य राखेको छ ।

बाराका प्रहरी उपरीक्षक दिपेन्द्र शाहीले नक्कली नोटको कारोबारमा संलग्न ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको पुष्टि गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ