बाँके, २८ भाद्र । नेपालगंज उपमहानगरपालिका–१५ स्थित सडकबाट करिब ६ ग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा दाङ गढुवा गाउँपालिका–६ बस्ने २५ वर्षीय करन मल्ल र दाङ लमही नगरपालिका–५ बस्ने २५ वर्षीय तिमथी रानामगर रहेका छन् ।
जमुनाह चेक प्वाइन्टमा ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले उनीहरूलाई जाँच गर्नेक्रममा उनीहरूको साथबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया