विराटनगरबाट ब्राउनसुगरसहित दुई पक्राउ

समाचार

मोरङ, २८ भाद्र । विराटनगर महानगरपालिका–१६ दरैयाबाट ८ सय मिलिग्राम ब्राउनसुगर सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही महानगरपालिका–१६ बस्ने १९ वर्षीय मनु दास र भारत अररिया जोगबनी–१० टिकुलिया बस्ने २८ वर्षीय प्रमोद यादव रहेका छन् ।

ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ