कपिलवस्तु, २९ भाद्र । नेपाल निजामती कर्मचारी युनियन कपिलवस्तुको तौलिहवामा सम्पन्न आठौं अधिवेशनबाट झकबहादुर आले निर्विरोध अध्यक्षमा निर्वाचित भएका छन् ।
आलेको नेतृत्वमा कार्यसमिति निर्विरोधरुपमा चयन भएको निर्वाचनमण्डलका संयोजक प्रवीण श्रीवास्तवले बताए ।
समितिको खुला उपाध्यक्षमा नविन खनाल र महिला उपाध्यक्षमा धनीश्वरी बैजाली समावेशी उपाअध्यक्षमा प्रभुनाथ यादव निर्वाचित भएका छन् ।
सचिवमा राजेश सैनी सहसचिवमा सुदीप प्रसाद मौर्य, कोषाध्यक्षमा शिव कुमार यादव रहेका छन् । सदस्यहरुमा बृजेश यादव मोहन केसी, अनिल कुमार चौधरी, संजीव कुमार सिंह, सुमित्रा भुसाल, साबित्रा चौधरी, पदमलाल घिमिरे, रमेश कुमार रेग्मी रहेका छन् ।
महाधिवेशन प्रतिनिधिहरूमा धनन्जय नेपाल, राम प्रसाद अधिकारी, निराजन लम्साल, रामकृष्ण तेली, सुर्य प्रसाद चापागाई छन् ।
नवनिर्वाचित अध्यक्ष आलेले कर्मचारीहरुको पेशागत हकहित र अधिकार स्थापनाका लागि आफू सधैं लागिरहने बताए ।
अधिबेशनकोको कांग्रेसका जिल्ला सभापति सुरेन्द्रराज आचार्यले उदघाटन गर्दै युनियका सदस्य र पार्टी बिच समन्वय हुनु पर्ने बताए ।
सो अवसरमा पर्वु मन््त्री दीप कुमार उपाध्याय, युयिनका केन्द्रिय अध्यक्ष गोपाल प्रसाद पोख्रेल, प्रदेश सदस्य रिना नेपाल, युनियनका बरिष्ठ उपाध्यक्ष सुरेन्द्र प्रसाद अधिकारी, कांग्रेसका पूर्वजिल्ला सभापति सुधाकर पाण्डेय बुद्धभूमि नगरपालिका मेयर केशव कुमार श्रेष्ठ, युनियनका सचिव गणेश भण्डारी लगायतले कर्मचारीहरुको समायोजन विधेयक, संघीय निजामती ऐन समन्वय गरे मात्र पारित गर्नु पर्ने बताए ।
तपाईको प्रतिक्रिया