कोभिडबाट प्रभावित विपन्न १५ सय परिवारलाई खाद्यान्न वितरण 

समाचार

मणि प्रसाद गैह्रे, कपिलवस्तु, २९ भाद्र । कोरोना भाइरसबाट विभिन्न क्षेत्रमा असर गरेका  कपिलवस्तुका २ पालिकाका १५ सय अतिविपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न सहयोग गरिएको छ ।

कोभिड रेस्पोन्स कार्यक्रमअन्तर्गत इस्लामिक रिलिफ जर्मनी स्वीडेन र इस्लामिक रिलिफ नेपालको सहयोगमा बतास फाउन्डेशन र लिडो नेपालले संयुक्तरुपमा बिपन्न परिवारलाई सो राहत प्रदान गरेको हो । 

कोभिडले खान–लाउनसमेत समस्या भएका परिवारलाई राहत दिइएको हो । वाणगंगा नगरपालिकाका ९ सय र शुद्धोधन गाउँपालिकाका ६ सय परिवारलाई सो सामग्री वितरण गरिएको लिडो नेपालकी कार्यकारी निर्देशक सुनिता बेल्बासेले बताइन् । 

पालिकाको समन्वयमा विभिन्न मापदण्ड अपनाई विपन्न परिवारको छनौट गरी राहत वितरण गरिएको उनले बताइन् ।

प्रतिपरिवार ५० केजी चामल, ६ केजी दाल, ३ केजी नुन, ४ केजी चिनी र ३ लिटर तेलका दरले राहत प्रदान गरिएको हो । 

प्रतिपरिवारलाई ४ हजार ७८० मुल्यको राहत दिईको संस्थाले जनाएको छ  । राहत पाए पछि बिपन्न परिवार निकै खुशी भएका थिए । 

उता सोही संस्थाको सहयोमगा ३ पालिकामा ६० लाख बढी मुल्यका कोभिडकालागि उपयोगी हुने स्वास्थ्य सामाग्री समेत हस्तान्तरण गरिएको छ । 

बाणगंगा नगरपालिकाकालाई २४ लाख, कपिलवस्तु अस्पताललाई २४ लाख र सशद्धोदन गाउपालिकालाई १२ लाखको स्वास्थ्य सामाग्री प्रदान गरिएको बेल्बासले बताइन् । 

यस्तै सोही संस्थाले बाणगंगा नगरपालिकाका स्वास्थ्य संस्था र बिद्यालयमा गरी १८ वटा हेन्डवास स्टेशन, शुद्धोदन गाउपालिकालाई १८ हेन्डवास स्टेशन तथा कपिलवस्तु नगरपालिकालाई २ हेन्डवास स्टेशन प्रदान गरिएको थियो । 

बाणगंगा नगरपालिका मेयर मंगल प्रसाद थारुले लिडो र बतास फाउन्डेशनले आफनो पालिकामा कोभिड प्रभातिव नौ सय परिवारलाई खाद्यान्न सहयोग गरेर अति राम्रो काम गरेको बताए ।

‘हामीले गर्न नसकेको काम संसथाले गर्यो बिपन्न परिवार लाभान्वित भए उनले  भने । कोभिडकालागि २४ लाख बढी मु्ल्यका सामाग्री बाडेर संस्थाले रचनात्मक काम गरेको बताए । 

उता शुद्धोदन गाउपालिकाकी उप मेयर सुधादेबी पाण्डेयले लिडो र बतास फाउन्डेशनले गरीब र बिपन्न परिवारलाई राहत दिएर अति उत्तम काम गरेको बताइन् । आगामी दिनमा यस्ता कामको निरन्तरत दिनको लागि समेत उले आबहान गरिन् । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ