फ्याक्ट्रीमा आगलागी हुँदा विभिन्न धनमाल जलेर नष्ट

समाचार

कैलाली, २९ भाद्र । धनगढी उपमहानगरपालिका–१३ स्थित लक्ष्मी रोटो प्याकेजिङ फ्याक्ट्रीमा विद्युत सर्ट भई आगलागी हुँदा फ्याक्ट्रीको मेसिनको ईन्जिन पूर्णरुपमा जलेर नष्ट भएको छ ।

सोमबार दिउँसो भएको आगलागीबाट क्षति विवरण हाल खुल्न नसकेको प्रहरीले जनाएको छ । 

प्रहरी, स्थानीयबासी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ