रौतहटमा दुईवटा ड्रोन क्यामरा सशस्त्र प्रहरीद्वारा बरामद

समाचार

रौतहट, २९ भाद्र । रौतहट जिल्लाको ईशनाथ नगरपालिका २ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीव १ लाख ३० हजार रुपैयाँ बराबरको दुई वटा ड्रोन क्यामरा बरामद गरेको छ ।

नेपालबाट भारततर्फ जाँदै गरेका ब्यक्तिले सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट औरहीयाबाट खटिएको सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै उनले बोकेको झोला सोही ठाउँमा छाडी फरार भएपछी उक्त झोलामा जाँच गर्दा सो क्यामरा फेला परेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ