बाँके, ३० भाद्र । डुडुवा गाउँपालिका–४ राप्ती पुलस्थित सडकमा भे.१ ख १४८३ नम्बरको बसको झ्यालबाट टाउको बाहिर निकाल्दा एक किशोरको मृत्यु भएको छ ।
टाउको पुलको खम्बामा ठोक्किँदा बसमा सवार गेरुवा गाउँपालिका–१ पाताभार बस्ने १५ वर्षीय आदर्श परियारको मृत्यु भएको हो ।
पुलको खम्बामा ठोक्किएर गम्भीर घाइते भएका उनको भेरी अस्पताल नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया