असोज ३ गते ब्ल्याक आउट गर्न लोसपाको सर्कुलर

समाचार

काठमाडौं, ३० भाद्र । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले असोज ३ अर्थात् संविधान दिवसको दिन विरोधका कार्यक्रमहरु गर्न जिल्ला समितिहरुलाई सर्कुलर जारी गरेको छ ।

लोसपाका अध्यक्ष महन्थ ठाकुरले बुधबार आन्तरिक सर्कुलर जारी गर्दै आफ्ना मागहरु सम्बोधनार्थ संविधान दिवसका दिन विरोधका कार्यक्रमहरु गर्न सर्कुलुर जारी गरेका हुन् ।

अध्यक्ष ठाकुरले सर्कुलरमा भनेका छन्, ‘कोभिड–१९ लाई मध्यनजर गरी आफूलाई अनुकूल हुने खालका कोणसभा, आमसभा, जनप्रदर्शन, अन्तरक्रिया, विचार गोष्ठी, ब्ल्याक आउट जस्ता कार्यक्रमहरु आयोजना गरी असोज ३ गते विरोधका कार्यक्रमहरु गर्न सबै जिल्लाहरुलाई आग्रह गर्दछौं ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ