रौतहट, ३१ भाद्र । रौतहटको सदरमुकाम गौरस्थित कारागारमा ठाउँ अभावले कैदीबन्दीलाई सुत्नै सकस भएको छ ।
८९ वर्ष पुरानो कारागारको जीर्ण भवनमा क्षमताभन्दा झण्डै दोब्बर कैदी खादिएपछि उनीहरूलाई सुत्ने ठाउँ नै नपुगेको हो ।
कारागारको दुई वटा मूल भवन ८७ वर्ष पुराना हुन । विसं १९८९ मा कारागार स्थापना भएको हो । कारागारको क्षमता १ सय २० जनाको हो तर अहिले विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका ३ सय ७४ जना छन् ।
केही समय अघिसम्म उनीहरू भ¥याङ र भान्सा घरमा सुत्थे । अहिले नयाँ भवनमा सारिएको छ तर त्यतिले पनि समस्या समाधान नहुने सहायक प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले बताए ।
कम क्षमता भएको कारागारमा अहिले लागूऔषध, सवारी ज्यान, कर्तव्य ज्यान, चेलीबेटी बेचबिखन, मानव ओसारपसार, अपहरण तथा शरीर बन्धक, जर्बजस्ती करणी लगायत मुद्दामा जेल सजाय भुक्तान गरिरहेका छन् ।
तपाईको प्रतिक्रिया