वीरगञ्ज, ३१ भाद्र । वीरगन्जका विभिन्न सडकमा सोलार बत्ती जडान गरिएको छ ।
एसियाली विकास बैंकको सहयोगमा सञ्चालित क्षेत्रीय सहरी विकास परियोजनाअन्तर्गतका हालै निर्माण सम्पन्न भएका सडकमा नयाँ सोलार बत्ती जडान गरिएका हुन् ।
घण्टाघर–बसपार्क लिंक रोड, बाइपास सडकका डिभाइडरमा ठूलो परिमाणमा सोलार बत्ती जडान गरिएको हो ।
विगतमा महानगरको विभिन्न वडामा गरी करिब ८ सय थान सडक सोलार बत्ती जडान गरिएकोमा ती सडक बत्ती दुई वर्ष पनि टिकेका थिएनन् ।
वीरगन्ज महानगरपालिकाका विद्युत् शाखा प्रमुख इन्जिनियर सुरेन्द्र साहले विगतमा महानगरका सडकमा जडान गरिएका अधिकांश सोलार बिग्रिसकेकाले त्यसको विकल्पमा एलईडी बत्ती जडान गर्ने अभियान रहेको बताए ।
तपाईको प्रतिक्रिया