महोत्तरी, १ असोज । नेशनल इन्जिनियर्स एशोसिएशन नेपालले महोत्तरीको मनरा सिस्वान गरपालिकामा व्यापक भेटघाटको कार्यक्रम सम्पन्न गरेको छ ।
पूर्ण स्वतन्त्र रुपमा रहेका र इन्जिनियरहरुको मागलाई स्थापित गराउने मनसायका साथ नेशनल इन्जिनियर्स एशोसिएशन नेपालले युवाशक्तिहरुको एक विशाल सभा महोत्तरीको मनरा सिस्वा नगरपालिकाको श्री दुर्गा मावि मनरामा सम्पन्न गरेको छ ।
विभिन्न नगरपालिका, गाउँपालिकाबाट आएका इन्जिनियरहरुको सो भेलाले स्वतन्त्र रुपमा उम्मेदवार दिएका ई. गौरी पण्डितलाई भारी बहुमतका साथ विजयी गराउने प्रतिवद्धता जाहेर गरेका छन् ।
सो ईन्जिनियरहरुको भेलालाई प्रमुख अतिथिको आसनबाट प्रदेश न. २ का लोकसेवा आयोगका अध्यक्ष सुरेन्द्र प्रसाद यादवले केही खासै परिवर्तन गर्ने आटिलो र होनहार युवाहरुको यस टिमले आउने दिनमा आफ्नो इतिहास रचने कुरामा आफू विश्वस्त रहेको बताए ।
उनले आजसम्मको ईतिहासमा टिम बनाएर स्वतन्त्र रुपमा उम्मेदवारी दिने यो पहिलो संगठन भएको बताए । आफू इन्जिनियरहरुको लागि केही गर्न सके आफूलाई खुशी लाग्ने भएकाले प्रयासमा रहेको बताए ।
सोही कार्यक्रममा मनरा सिस्वा नगरपालिका मेयर संजय कुमार सिंहले वास्तवमा अहिले इन्जिनियरहरुको अवस्था केही खस्केको छ त्यसका लागि सबै इन्जिनियरहरुलाई एकजुट भएर अगाडी बढ्नु पर्नेमा जोड दिँदै हाम्रो प्रदेश न. २ मा पनि धेरै इन्जिनियरहरु अहिले बेरोजगार रहेको छ र यो टिम विजयी भएर आएपछि अवस्यपनि केही सुधार देखिनेमा आफू विश्वस्त रहेकोले उहाहरुलाई विजयीको अग्रमि शुभकामना दिए ।
दुर्गा माविमा आयोजना भएको सो कार्यक्रमलाई सोही विद्यालयका प्रधानाध्यापक कुमोद कुमार सिंहले आफ्नो पुरानो दिन सम्झिदै पहिले शिक्षा कार्यालय हुदा प्राविधिकहरु एकदम बलियो हुन्थ्यो उनीहरुकै भनेजस्तो काम हुनुपर्दथ्यो र गराएर नै छाडने गर्दथ्यो तर अहिले इन्जिनियरहरुको कुनै इष्टीमेट र डिजाइन कामलाग्दैन मेयर र प्रमुख प्रशासकीय अधिकृतको इष्टिमेट र डिजाईन काम लाग्ने गरेको छ ।
गाउँपालिका र नगरपालिकामा इन्जिनियरहरुको अवस्था हेर्दा शिक्षकहरु भन्दा पनि खराब रहेको दुखेको पोख्दै आउने दिनमा यस टिमले केही यसमा सुधार गर्नेमा आफु विश्वस्त रहेको बताए ।
कार्यक्रममा प्रदेश न. २ का उम्मेदवार ई. गौरी पण्डितले हाम्रो यस युवाहरुको टिमले पुरा जोश र जागरका साथ लागेको अवस्था रहेको छ र हामीलाई कसैसंग प्रतिस्पर्धा पनि छैन जहाँ युवाशक्ति त्यहाँ विजयी निश्चत छ भनेर बुझे हुन्छ ।
आजका युगमा युवाशक्ति एक भई दिए जस्तो पनि परिवर्तन ल्याउन सक्ने भएकाले यस युवाशक्तिमा मलाई पुर्ण विश्वास रहेको छ र हामीले युवाहरुको विश्वासलाई कदापी तोडने छैनौ ।
उहाहरुकै सुझबुझ र जोश जागरकाकारण केही परिवर्तन हुन्छ भने पुर्ण विश्वासका साथहामी अगाडी बढदै जादैछौ र आउने समयमाहामीले यस युवा ईन्ँिजनियरहरुको समस्यालाई जसरी भएपनि समाधानगर्ने तर्फ अग्रर भएर जानेछौ भनेर बताए ।
कार्यक्रममा नेशनल ईन्जिनियर्स एशोसिएशन नेपालका केन्द्रिय महासचिव तपेश्वर यादवलगायतका ईन्जिनियरहरुको उपस्थिति रहेको थियो भने कार्यक्रम ईन्जिनियर राजु साहको अध्यक्षता सम्पन्न भएको थियो ।
तपाईको प्रतिक्रिया