काठमाडौं, १ असोज । कौशल कुमार सिंह नेतृत्वको लोक दलले संविधान जारी भएको दिन असोज ३ गतेलाई कालो दिनको रुपमा स्मरण गर्ने निर्णय गरेको छ ।
अध्यक्ष सिंहले शुक्रबार एक विज्ञप्ति जारी गरी भनेका छन्, ‘पिछडावर्ग, दलित, आदिवासी जनजाति लगायत सम्पूर्ण मधेशीमाथि दमन शोषणलाई कामय गर्न बलजफ्ती बन्दुकको बलमा २०७२ साल असाजे ३ गते जारी गरिएको कालो संविधान पिछडावर्ग, दलित, आदिवासी जनजाति लगायत सम्पूर्ण मधेशीको विरोधी रहेकोले संविधान जारी गरेको असोज ३ गतेलाई विगतका वर्षझै यस वर्ष पनि लोक दलले कालो दिनको रुपमा स्मरण गर्ने निर्णय गरेको छ ।’
संविधानमा पिछडावर्ग लगायत सम्पूर्ण मधेशी दलित, आदीवासी जनजाति सहित विभेदमा परेका सबै वर्ग, समुदाय र जातजातिको अधिकार, पहिचानलाई सुरक्षित गर्न संविधानमा संशोधन गरी सबैको संविधान बनाउन लोक दल विगतदेखि माग गर्दै आइरहेको छ ।
‘सत्ता पक्ष आफ्नो शासनलाई उत्पीडित वर्गमाथि लाद्ने र बन्दुकको बलमा शासन गर्ने शैलीलाई निरन्तरता दिन एकल जातिय संविधान निर्माण गरेकाले यसको विरोध गर्दै असोज ३ गते कालो दिनको रुपमा स्मरण गर्दै निम्न कार्यक्रमहरु गर्ने निर्णय गरेको छ ।’ विज्ञप्तिमा भनिएको छ ।
असोज ३ गतेको कार्यक्रम :
१. संविधानको विरोध गर्दै संशोधनको माग गर्ने ।
२. असोज ३ गते साँझ ७.०० बजेदेखि ७.१५ बजेसम्म ब्लाक आउट गर्ने ।
३. आ–आफ्नो घरमा कालो झण्डा राख्ने ।
तपाईको प्रतिक्रिया