विराटनगर, १ असोज । जिल्लाको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
बुढीगंगा गाउँपालिका–३ पाईनियर फ्याक्ट्री अगाडि सडकमा बा.११ च १५७१ नम्बरको कार आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठक्कर खाई बिहीबार बिहान दुर्घटना हुँदा कारमा सवार सोही ठाउँ बस्ने ३० वर्षीया चन्द्रकला राईको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको बिराट मेडिकल कलेज गंगाचोकमा उपचारको क्रममा मृत्यु भएको हो । साथै घाइते भएका कारमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी, विराटगर महानगरपालिका–१२ स्थित भित्री सडकमा को.२१ प ५६१२ नम्बरको स्कुटर आफै अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा चालक सोही महानगरपालिका–१ बस्ने ४२ वर्षीय रंजित कुमार शर्माको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया