भारतीय प्रधानमन्त्री मोदीको जन्मदिनमा प्रधानमन्त्री देउवा र ओलीको शुभकामना

समाचार

काठमाडौं, १ असोज । ७१ औँ वर्षमा लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जन्मदिनको शुभकामना दिएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत यी दुवै नेताले शुभकामना दिएका छन् ।

‘७१ औं जन्मदिनको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुभकामना ! तपाईंको सु–स्वास्थ्य र सुखमय जीवनको कामना गर्दछु’, देउवाले ट्विटरमार्फत शुभकामना दिँदै भनेका छन् ।

त्यस्तै ओलीले पनि शभकामना दिँदै भनेका छन्, ‘प्रधानमन्त्री श्री नरेन्द्र मोदीलाई ७१ औं जन्मदिनको शुभ अवसरमा तपाईंको सु–स्वास्थ्य र सुखद भविष्यको कामना गर्दछु ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ