मोटरसाइकल चोरी गरेको अभियोगमा पक्राउ

समाचार

रौतहट, १ असोज । यमुनामाई गाउँपालिका–५ बस्ने १९ वर्षीय रुपक झालाई चोरी गरेर ल्याउँदै गरेको ना.५२ प १५९८ नम्बरको मोटरसाइकल सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

गौर नगरपालिका–३ विपी चोकमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उनलाई सोही ठाउँस्थित टिकुलीया पेट्रोल पम्प नजिकबाट चोरी गरी ल्याउदै गरेको अवस्थामा उक्त मोटरसाइकल सहित फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ