महोत्तरी, २ असोज । औरही नगरपालिका–१ औरही बजारबाट १ हजार दरको जाली नेपाली नोट २२ थान सहित भारत घर भएका २२ वर्षीय पिन्टु कुमार रायलाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरीले उक्त बजारस्थित फलफुल पसलबाट शुक्रबार साँझ उनलाई उक्त जाली नेपाली नोट सहित फेला पारी पक्राउ गरेको हो ।
साथै उनको साथबाट बिआर ३० एफ ९४८७ नम्बरको स्कुटर समेत प्रहरीले बरामद गरेको छ ।
तपाईको प्रतिक्रिया