सवारी दुर्घटनामा १ जनाको मृत्यु

समाचार

धनुषा, २ असोज । मिथिला नगरपालिका–६ ढल्केवरस्थित सडकमा स. ५ प ५९२६ नम्बरको मोटरसाइकल र लु.७२ प ४७९२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा स.५ प ५९२६ नम्बरको मोटरसाइकल चालक सिरहा बिष्णुपुर नगरपालिका बस्ने ३० वर्षीय रुपेश कुमार यादवको घटनास्थलमै मृत्यु भएको छ ।

साथै दुर्घटनामा घाइते भएका लु.७२ प ४७९२ नम्बरको मोटरसाइकल चालक धनुषा गणेशमान चारनाथ नगरपालिका–६ बस्ने ४३ वर्षीय मोहमद हासिमलाई उपचारको लागि स्थानीय मेडिकलतर्फ पठाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ