बर्दिया, २ असोज । ठाकुरबाबा नगरपालिका–३ गोदाना बस्ने ३५ वर्षीय बालकृष्ण थारु लगायत ३ जनाको करेन्ट लागेर घटनास्थलमै मत्यु भएको छ ।
शुक्रबार राति खेतमा पानी लगाउन गएको उनीहरु सोही ठाउँ बस्ने ८२ वर्षीय राज बहादुर शाहीले खेतमा बँदेल मार्न भनी करेन्ट फिट गरेकोमा सोही करेन्ट लागेर तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो ।
ईलाका प्रहरी कार्यालय बग्नहाबाट खटिएको प्रहरीले राजबहादुरलाई नियन्त्रणमा लिई यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया