काठमाडौं, ४ असोज । १५ औं भारत–नेपाल संयुक्त बटालियन स्तरीय सैन्य प्रशिक्षण अभ्यास ‘सूर्य किरण’ आजदेखि पिथौरागढमा शुरु भएको छ ।
सो अभ्यास ३ अक्टोबर २०२१ सम्म जारी रहनेछ। अभ्यासको क्रममा भारतीय सेना र नेपाली सेनाको इन्फैन्ट्री बटालियनले अन्तर–सञ्चालनको विकासका लागी प्रशिक्षण दिनेछन् । आतंकवाद पछिको राहतबारेमा पनि उनीहरूले चर्चा गर्नेछन् ।
उद्घाटनमा भारतीय र नेपाली सैन्य धुनहरुसँगै सद्भावमा मार्च गरिएको थियो । उत्तर भारत क्षेत्रको लेफ्टिनेंट जनरल एसएस महल, जीओसीले सभालाई सम्बोधन गरेका थिए ।
साथै उनले आपसी विश्वास, अन्तर–सञ्चालन र उत्तम अभ्यासको लागि प्रोत्साहित पनि गरे ।
शनिबार नै नेपाली सेनाको टुकडी पिथौरागढ पुगेको थियो । उनीहरुको परम्परागत सैन्य स्वागत भएको थियो । नेपाली र भारतीय सेना गरी ६ सय ५० जना अभ्यासमा सहभागीता जनाएका छन् ।
तपाईको प्रतिक्रिया