मुस्लिम गणक राख्न मुस्लिम आयोगको आग्रह

समाचार

काठमाडौं, ४ असोज । मुस्लिम आयोगले मुस्लिम समुदाय धेरै भएको जिल्लाहरुमा मुस्लिम गणक राख्न आग्रह गरेको छ ।

मुस्लिम आयोग र केन्द्रिय तथ्यांक विभागबीच सोमबार ललितपुरमा भएको छलफलमा आयोगले मुस्लिम समुदाय धेरै भएको जिल्लाहरुमा मुस्लिम गणक राख्न आग्रह गरेको हो ।

छलफलपछि मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले गत जनगणनामा कतै मुस्लिम र कतै मुसलमान लेखिएको भन्दै यसलाई मुस्लिममा मात्रै सिमित गर्न तथ्यांक विभागसँग आग्रह गरिएको बताए। उनले आगामी जनगणनामा मुस्लिम आयोग र तथ्यांक आयोगको सहकार्यमा समुदायलाई सचेत गराउन पमप्लेट बाँड्ने जस्ता कार्यमा सहयोग गरेर अघि बढ्ने निर्णय भएको बताए ।

अध्यक्ष अन्सारीले मुस्लिम आयोगले प्रत्येक जिल्लामा एउटा समिति बनाउने र त्यो समितिसँग तथ्यांक विभागको टीमबीच सहकार्य गरेर घरदैलोमा जाने बताए ।

अध्यक्ष अन्सारीले अघिल्लो जनगणनामा अधिकांश विदेशीएका मुस्लिम युवाहरु छुटेको भन्दै यसपटकको जनगणनामा नछुटाउन आग्रह गरिएको पनि जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ