नेपाल–भारत साहित्य दोस्रो महोत्सव काठमाडौंमा हुने

समाचार

काठमाडौं, ५ असोज । नेपाल–भारत साहित्य यात्राको दोस्रो संस्करणको रुपमा त्रिदीवसीय नेपाल–भारत साहित्य दोस्रो महोत्सव २०२२ काठमाडौंमा हुने भएको छ ।

मेरठ लिटरेचर फेस्टिभल (क्रान्तिधरा मेरठ साहित्यिक महाकुम्भ) आयोजक समितिका अध्यक्ष डा. विजय पण्डितको उपस्थितिमा महोत्सवका संयोजक साहित्यकार राधेश्याम लेकालीको सभापतित्वमा काठमाडौंमा भएको छलफलमा उक्त निर्णय भएको हो ।

परिस्थिति अनुकूल भएमा आगामी फेब्रुअरी २६–२८ मा उक्त कार्यक्रम गर्ने निर्णयसमेत भएको छ । नेपाल–भारतबीचको सम्बन्धलाई भाषा साहित्यका माध्यमबाट अझ सुदृढ बनाउने उद्देश्यले शुरु भएको यो यात्रा पहिलो पटक वीरगन्जमा भएको थियो ।

महोत्सवको रूपमा हुने सो कार्यक्रम अन्तर्गत पुस्तक प्रदर्शनी, साहित्यिक परिचर्चा, पुस्तक विमोचन, वरिष्ठ लेखक एवम् संस्कृतिकर्मीसंग साक्षात्कार, लघुकथा वाचन, अनुवाद सत्र, सांस्कृतिक कार्यक्रम, कवि सम्मेलन, स्मारिका प्रकाशन, सम्मान समारोह लगायत हुनेछन् ।

सम्मेलनमा भारतबाट १५० जना साहित्यकारहरूको सहभागिता हुनेछ । साथै नेपालबाट सातै प्रदेशको प्रतिनिधित्व हुनेछ । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ