चार लाखभन्दा बढीको कपडाहरुसहित दुई जना पक्राउ

समाचार

रुपन्देही, ६ असोज । सिद्धार्थनगर नगरपालिका–१ बेलहियाबाट भन्सार छली ल्याएका करिब ४ लाख रुपैयाँ मूल्य बराबरका सुट सेट, साडी लगायत विभिन्न कपडाहरु सहित भारत घर भएका २ जना १६ वर्षीय किशोरहरूलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

भन्सार छली ल्याएका कपडाहरू सोही ठाउँस्थित घरमा राखेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उक्त कपडाहरू फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

बरामद सामान सहित उनीहरूलाई भन्सार कार्यालय सुनौलीमा पठाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ