पर्सामा सशस्त्र प्रहरीका सात बिओपी भवन

समाचार

वीरगञ्ज, ७ असोज । नेपाल–भारतसँग सिमाना जोडिएका पर्सा जिल्लाका सात स्थानमा सशस्त्र प्रहरीका बोर्डर आउटपोष्ट (बिओपी) भवन निर्माण भएको छ ।

सङ्घीय सरकारको लगानीमा प्रतिबोर्डर आउट पोष्ट करीब रु. एक करोडको लागतमा भवन निर्माण भएको सशस्त्र प्रहरी बल नेपाल नं १३ हेडक्वार्टर प्रमुख एवं सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिए ।

भवन निर्माण भएका स्थान पर्साको आसबारी, ठोरी, ब्रह्मनगर, सुवर्णपुर, भिस्वा, पकाहामैनपुर र अमरपट्टि बोर्डर आउट पोष्ट रहेका छन् ।

उक्त स्थानमा बोर्डर आउट पोष्टका भवन निमार्णपछि सीमा क्षेत्रमा हुने चोरी, तस्करी, अवैध व्यापार नियन्त्रण तथा सीमा सुरक्षामा थप सजिलो हुने अपेक्षा गरिएको सशस्त्र प्रहरी उपरीक्षक खड्काले जानकारी दिए । जिल्लामा कूल १८ बिओपीमध्ये अझै पनि १० बिओपी अन्यको भवनमा सञ्चालनमा छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ