मन्दिरलाई एक लाख सहयोग

समाचार

नेपालगञ्ज, ७ असोज । साइकल अभियन्ता सतिश निरौलाले बाँकेको नरैनापुरमा रहेको सन्तानेश्वर मन्दिरको खानेपानी व्यवस्थापनका लागि एक लाख रुपैयाँ सहयोग गरेका छन् ।

सन् २०२१ को कोराअन्तर्गत सय किलोमिटर साइकल चलाउने क्रममा अभियन्ता निरौलाले एक किलोमिटर साइकल चलाएको एक हजार स्पोन्सर गर्न आह्वान गरेका थिए । उक्त आह्वानमा कसैले एक किलोमिटर त कसैले दश किलोमिटरको स्पोन्सर गरेका थिए ।

५८ जनाबाट संकलन भएको एक लाख रुपैयाँ निरौलाले नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामार्फत मन्दिरका मूल महन्थ योगानन्द गिरीलाई हस्तान्तरण गरे ।

पछिल्लो समयमा चर्चामा आएको सन्तानेश्वर मन्दिरमा खानेपानीको अभाव रहेको छ । खानेपानीका लागि ठूलो समस्या देखेपछि आफूले कोराका बेलामा सहयोग अभियान थालेर सहयोग जुटाएको निरौलाले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ